काठमाडौं । तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ ।
नेपाली सेना र भारतीय सेनाबीच एक अर्काका देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा अनुसार जनरल नरवणेलाई सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको हो ।
नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दर्जा प्रदान गर्नु हुने छ ।
नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न हिजो नेपाल आएका नरवणेले भोली प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
भारतीय सेनाप्रमुख नरवणेले हिजो पशुपति दर्शन तथा वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका थिए ।