logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कुनै पनि परिस्थितिमा राजीनामा नदिने प्रधानमन्त्री आलीको अडान

कुनै पनि परिस्थितिमा राजीनामा नदिने प्रधानमन्त्री आलीको अडान


  • बुधबार, कार्तिक १९ २०७७

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिनु भएको छ । आज बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताउनुभएको हो ।

    पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने दावी गर्नुुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको उल्लेख गर्नुभयो ।

    कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छकी भन्ने दुविधामा नपर्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय