logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने


  • मंगलबार, कार्तिक १८ २०७७

  • काठमाडौं । नेपाली काँग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

    काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न शोक प्रस्ताव पारित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सांसद एवं प्रतिष्ठित उद्योगपति केसीको गए राति पोखरा महानगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको होे ।

    बैठकले कार्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय