logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जसपाका शीर्ष नेताहरु अस्वस्थ,पार्टी समायोजनको प्रक्रिया सुस्त

जसपाका शीर्ष नेताहरु अस्वस्थ,पार्टी समायोजनको प्रक्रिया सुस्त


  • मंगलबार, कार्तिक १८ २०७७

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु अस्वस्थ हुँदा पार्टी समायोजनको प्रक्रियामा ढिलाइ भएको छ । जसपाका दुई अध्यक्ष र दुई वरिष्ठ नेता अस्वस्थ भएका छन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई कोभिड(१९ को संक्रमण देखिएको छ ।

    त्यस्तै, केन्द्रीय कार्यकारिणी परिषद्का अध्यक्ष महन्थ ठाकुर मुटुको उपचारपछि स्वास्थ्यलाभ गरिरहेका छन् भने अर्का वरिष्ठ नेता राजेन्द्र महतो कोरोनाको आशंकापछि होम आइसोलेसनमा रहेको जसपा श्रोतले जानकारी दिएको छ ।

    राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबिच एकीकरण भएर जसपा गठन भएको हो । पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेर जिल्ला तहमा पठाइसकेपनि समायोजन प्रक्रियाले गति लिन सकेको छैन । केन्द्रमा कार्यविभाजन भए पनि ज्लिला र प्रदेश तहमा भने समायोजन बाँकी नै छ ।

    निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएर पठाइसकेकाले केही समयमा तल्लो तहका समायोजन प्रक्रिया सकिसक्ने जसपा केन्द्रीय कारिणी सदस्य केशव झाले बताउनुभएको छ ।

    जसपाले तत्कालीन समाजवादी पार्टी र जसपाको क्रियाशील सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधरामा समायोजन टुंगो लगाइसकेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय