logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रस्तावित राजदूतमाथिको सुनुवाइ २७ कात्तिकमा

प्रस्तावित राजदूतमाथिको सुनुवाइ २७ कात्तिकमा


  • सोमबार, कार्तिक १७ २०७७

  • काठमाडौं । प्रस्तावित तीन राजदूतहरुविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ कात्तिक २७ गते सम्मका लागि सरेको छ । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उनीहरुमाथिको सुनुवाइ सरेको हो ।

    आज संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु अनुपस्थित भएका समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उजुरीकर्तालाई पटकपटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले बताउनुभयो ।

    संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका छन् । मुख्यसचिवबाट राजीनामा दिएकै दिन बेलायतका लागि राजदूतमा सिफारिस हुनुभएका लोकदर्शन रेग्मीविरुद्ध पनि विभिन्न समयमा गरेका कामलाई आधार बनाएर उजुरी परेको बताइएको छ ।

    दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी परेको छैन । असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय