logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललितपुर महानगरमा लफुटपाथ पसल राखे कारबाही

ललितपुर महानगरमा लफुटपाथ पसल राखे कारबाही


  • सोमबार, कार्तिक १७ २०७७

  • काठमाडौं । ललितपुर महानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियान चलाएको नगर प्रहरीले फुटपाथ अतिक्रमण गरी पसल राख्नेलाई आज देखि कारबाही गर्ने भएको छ । महानगरपालिकाभित्रका सडक छेउ र फुटपाथमा जुनसुकै पसल राख्नेलाई कारबाही गरिने भएको हो ।

    अभियानको पहिलो चरणमा दुई महिनासम्म फुटपाथमा पसल गर्नेलाई सम्झाइबुझाइ गरेर पसल हटाउन लगाएको र अब दोस्रो चरणमा अटेर गर्नेलाई कारबाही स्वरुप जरिबाना तिराउने महानगरपालिकाले जनाएको छ । यस्तै तेस्रो चरणमा फुटपाथमा पसल राखेको पाइएमा सामान नै जफत गरिदिने छ ।

    ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले महानगरलाई स्वच्छ र सुन्दर बनाउने अभियानमा होर्डिङ बोर्ड हटाउने, फुटपाथ अतिक्रमण गरी राखिएका विभिन्न पसल हटाउने काम गरिरहेको छ । योसँगै नगर प्रहरीले विभिन्न ठाँउमा सडक अतिक्रमण गरी बनाइएका टहरा पनि हटाइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय