काठमाडौं । कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको औषधि ‘रेमडेसिभिर’ ६ हजार भाइल वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहका अनुसार यो नाकाबाट हालसम्म भारतमा निर्मित ६ हजार भाइल रेमडेसिभिर आयात भइसकेको छ ।
निजी क्षेत्रका तीन आयातकर्ताले आवश्यक प्रक्रिया पूरा गरी तीन वटा कन्साइन्मेन्टमा रेमडेसिभिर औषधि भारतबाट आयात गरेका हुन् ।
सुरुमा इबोला भाइरस संक्रमित बिरामीको उपचारमा उपयोगी सावित यो औषधि हाल कोरोना संक्रमितको उपचारमा पनि उपयोगी भइरहेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताउनुभयो ।