काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले महत्वपूर्ण जित दर्ता गरेको छ । गए राति भएको खेलमा टोटनह्यामले ब्राइटनलाई २–१ ले पराजित गरेको हो ।
जितपछि सात खेलबाट १४ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम पहिलो स्थानको लिभरपुल भन्दा दुई अंकले पछि रहेको छ ।
यसैबिच एभर्टनले शीर्ष स्थानमा फर्किने मौका गुमाएर तेस्रो स्थानमा पुगेको छ ।
लिग अन्तर्गत गए राति नै भएको खेलमा एभर्टन न्यूक्यासलसँग २–१ ले पराजित भएको हो । पराजित भएको एभर्टन सात खेलबाट १३ अंकसहित तेस्रो स्थानमा झरेको छ । ११ अंकसहित न्यूक्यासल ११ औँ स्थानमा छ ।