काठमाडौं । सर्वोच्च अदालतले छठअघि सामान्य रुपमा सबै मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वोच्चले छठ अघि मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरेको हो ।
आजबाट सर्वोच्चसहित देशैभरका अदालत खुले पनि सेवामा लगाइएको संकुचनलाई निरन्तरता दिइने जनाइएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, मुख्य रजिष्टार नृपध्वज निरौलाले नेपाल बार एशोसियशनका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
छलफलमा छठसम्म सेवामा लाग्दै आएको संकुचनलाई निरन्तरता दिने सर्वोच्चको प्रस्तावलाई बारका पदाधिकारीले समर्थन गरेका छन् ।