logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

त्रिविका कर्मचारीले हाजिर गर्नुअघि पिसिआर रिपोर्ट देखाउनु पर्ने

त्रिविका कर्मचारीले हाजिर गर्नुअघि पिसिआर रिपोर्ट देखाउनु पर्ने


  • आइतबार, कार्तिक १६ २०७७

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आबद्ध कर्मचारीहरुले कार्यलयमा हाजिर हुनु पहिले पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्ने भएको छ । कोरोना संक्रमण देखिएका कर्मचारीले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन त्रिवि रेक्टर कार्यालयले निर्देशन दिएको हो ।

    त्रिवि रेक्टर कार्यालय अन्तर्गत अनुसन्धान निर्देशनालयले आज कार्यालय पुगेका कर्मचारीलाई पिसिआर परीक्षणको रिपोर्ट माग गर्दै हाजिर गर्नबाट रोक लगाएको एक कर्मचारीले बताएका छन् ।

    निर्देशनालयका डाइरेक्टर उमेश मण्डलका अनुसार पहिले कोरोना देखिएका कर्मचारीका हकमा मात्रै कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन भनिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय