काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव विष्णु पौडेलले नेकपासामु गम्भिर संकट उत्पन्न भएको बताउनुभएको छ ।
आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै महासचिव पौडेलले पार्टीसामु गम्भिर संकट उत्पन्न भएकाले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकता र सदस्यहरुलाई अनुरोध गर्नुभएको छ ।
नेकपाको अस्तित्व नै संकटमा पर्दै गएको महासचिव पौडेलले उल्लेख गर्नुभएको छ । पार्टीका दुई अध्यक्षबीचको मतभेद सतहमा आएकै बेला महासचिवको ट्वीटर एकाउन्टबाट आएको उक्त कुरालाई गम्भिरताका साथ हेरिएको छ ।