मोरङ । मोरङ प्रहरीले तास खेल्दै गरेको अवस्थामा ८ लाख रूपैयाँसहित पाँच जुवाडे लाई पक्राउ गरेको छ ।
केराबारी–६ मा सञ्चालित हरि कृषि फर्मका सञ्चालक भूपेन्द्र भट्टराईको फर्ममा तास खेल्दै गर्दा भट्टराईसहित धरान–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरान–६ का ३६ वर्षीय हरि खत्री पक्राउ परेका परेका हुन् । यस्तै केराबारी–६ का ४३ वर्षीय बेधराज मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी र जिल्ला प्रहरीबाट खटिएको संयुक्त टोलीले १३ बुङ ताससहित २ थान स्कुटी, २ थान मोटरसाइकल ८ लाख ८९ हजार २५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।