logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

ओली-प्रचण्डवीच मतभेद बढ्यो,आन्तरिक विवाद सुल्झाउने बिषयमा कुनै सहमती भएन

ओली-प्रचण्डवीच मतभेद बढ्यो,आन्तरिक विवाद सुल्झाउने बिषयमा कुनै सहमती भएन


  • आइतबार, कार्तिक १६ २०७७

  • काठमाडौं । सत्तारुढ दल नेकपा भित्र पार्टी अध्यक्षद्धय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वीच मतभेद वढेको छ । झण्डै एघार दिन पछि ओली र प्रचण्डवीच भेटवार्ता भएपनि पार्टी भित्रको आन्तरिक विवाद सुल्झाउने बिषयमा कुनै सहमती हुन सकेन ।

    अध्यक्षद्धय वीच मतभेद वढ्दै जादा दुवै अध्यक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई आ–आफ्नो पक्षमा राख्ने प्रयत्न गर्नुभएको छ । उहाँहरुले आफ्नो पक्षमा राख्न नेपाललाई पार्टी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने कि तत्काल प्रधानमन्त्री बन्ने प्रस्ताव गर्नुभएको छ ।

    अध्यक्ष प्रचण्डसंग झण्डै एघार दिन भेटवार्ता नहुदा अर्का पार्टी अध्यक्ष ओलीले माधब नेपाल संग छुट्टाछुट्टै दुई पटक भेट गर्नुभयो । भेटमा ओलीले मिलेर जान प्रस्ताव गर्नुका साथै पार्टीको महाधिवेशनबाट पार्टी अध्यक्ष वनाउने प्रस्ताव गर्नुभएको थियो ।

    तर नेता नेपालले ओलीको प्रस्तावलाई अस्विकार गर्दै पार्टीको विधि प्रक्रिया अनुसार हिड्न सुझाब दिनुभएको थियो । पछिल्लो समय सरकारका कामलाई सहयोग नगरेको र घेराबन्दी गर्ने प्रयास गरेको भन्दै ओली प्रचण्डसंग असन्तुष्ट हुनुहुन्छ ।

    अर्को तर्फ प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली, पार्टीको विधि प्रक्रिया अनुसार अघि नवढेको, जनअपेक्षा अनुसार सरकारले कामगर्न नसकेको , राजनीतिक नियुक्ती तथा मन्त्रीमण्डल हेरफेरमा सहमती विपरित हिडेको र राष्ट्रिय स्वाधिनतालाई कम्जोर वनाउने गरी कुटनीतिक मुल्य मान्यता विपरित भारतीय र प्रमुखलाई भेटगरेको भन्दै प्रचण्ड र नेपाल एक ठाँउमा हुनुहुन्छ ।

    प्रचण्ड नेपाललाई सचिवाय सदस्य झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतमले समर्थन जनाउदै आउनुभएको छ । प्रधानमन्त्री ओलीसंग भेटगर्न जानु अघि प्राय प्रचण्डले बरिष्ठ नेता नेपालसंग भेटवार्ता गर्ने गर्नुभएको छ ।

    नेपालसंगको भेटमा अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने र सरकारको नेतृत्व लिन वरिष्ठ नेता नेपाललाई प्रस्ताव गर्दै आउनुभएको छ । अध्यक्षद्धय ओली र दाहालको छुट्टाछुट्टै प्रस्ताव आउदा पछिल्लो समय पार्टी भित्रको विवाद समाधान तथा समिकरण परिवर्तनमा नेपाल निर्णायक देखिनुभएको छ ।

    वरिष्ठ नेता नेपालले ओलीलाई समर्थन गरे पार्टी कमिटिमा प्रचण्ड अल्पमतमा र प्रचण्डलाई समर्थ गरे ओली अल्पमतमा गर्ने देखिन्छ ।
    ओलीले नेपाललाई आफ्नो पक्षमा लिन खोजे तापनि पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने नेपालको सदाशयता भने दाहाल तिरै देखिन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय