logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ट्राफिक प्रहरीले अभियानकै रूपमा गुर्जो रोप्दै

ट्राफिक प्रहरीले अभियानकै रूपमा गुर्जो रोप्दै


  • शनिबार, कार्तिक १५ २०७७

  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ ।

    तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच÷पाँचवटा गुर्जोको बिरूवा रोपिएको हो । कोभिड–१९ को रोकथाम र उपचारका लागि गुर्जो उपयोगी मानिन्छ ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो । प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिइएको बताउनुभयो ।

    आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले महाशाखालाई गुर्जोका ती बिरुवा प्रदान गरेको प्रवक्ता यादवले जानकारी दिनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय