logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

निजी अस्पतालहरुको उपचारमा मनपरी शुल्क

निजी अस्पतालहरुको उपचारमा मनपरी शुल्क


  • शनिबार, कार्तिक १५ २०७७

  • काठमाडौं । विराटनगरका निजी अस्पतालले कोरोना संक्रमितको उपचारमा मनपरी शुल्क लिने गरेको पाइएको छ । अस्पतालहरूले संक्रमितबाट एकदेखि तीन लाखसम्म धरौटी लिएर प्रत्येक दिन ५ हजारदेखि २५ हजार रुपैयाँसम्म शुल्क लिने गरेको पाइएको हो ।

    सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेलगत्तै अस्पतालहरूले मनोमानी रूपमा शुल्क लिन थालेका हुन् । संक्रमितको उपचार गर्दै आएका नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्युरो अस्पतालले मनपरी शुल्क र धरौटी रकम लिने गरेको पाइएपछि कांग्रेस विराटनगर महानगर समितिले विरोध गरेको छ ।

    नोबेलले जनरल वार्डमा प्रतिदिन ५ हजार, भेन्टिलेटरसहितको आईसीयूमा १८ हजार र भेन्टिलेटरबिनाको आईसीयूमा उपचार गर्दा प्रतिदिन १५ हजार शुल्क लिने गरेको छ । अस्पतालले संक्रमित भर्ना हुँदा अग्रिम एक लाख रुपैयाँ धरौटी लिने गरेको छ ।

    तर, अस्पतालका प्रबन्धक नारायण दाहालले बिरामीसँग धरौटी नलिएको दावी गर्नुभयो । तर, उक्त अस्पतालमा धरौटी जम्मा गर्न नसक्दा रतुवामाई–१० की ४५ वर्षीय नरमाया मगरले घरमा झुन्डिएर आत्महत्या गरेको परिवारको दाबी छ ।

    सोमबार कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनलाई नोबेल पु¥याइएको थियो । अस्पतालले एक लाख रुपैयाँ धरौटी मागेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय