काठमाडौं । आज २ हजार २ सय ६४ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।
शनिबार थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ छ ।
२४ घण्टामा थपिएका संक्रमित मध्य काठमाडौं उपत्यकाका मात्रै १ हजार ३५७ रहेका छन् । काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना नयाँ संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९३७ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ४३ हजार ३४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २७९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टिनमा रहनेको संख्या २ हजार ४१० जना रहेका छ ।