logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालमा प्रत्येक दिन १८ जनाले अत्महत्या गर्ने गरेको तथ्याङ् सार्वजनिक

नेपालमा प्रत्येक दिन १८ जनाले अत्महत्या गर्ने गरेको तथ्याङ् सार्वजनिक


  • शुक्रबार, कार्तिक १४ २०७७

  • काठमाडौं । नेपालमा प्रत्येक दिन १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्ष र चालु आर्थिक वर्षको साउन र भदौको तथ्याङ्क हेर्दा दैनिक औसतमा १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको हो ।

    आर्थिक वर्ष ०७५/ ७६ मा ५ हजार ७८५ जनाले आत्महत्या गरेका थिए । जसमा ३१ सय २३ पुरुष र २२ सय ३ महिला रहेको प्रहरी अभिलेखले देखाउँछ । यो समयको तथ्याङ्क विश्लेषण गर्दा दैनिक औसतमा १५ दशमलव ८४ अर्थात् १६ जनाले आत्महत्याबाट ज्यान गुमाएको देखिन्छ ।

    आर्थिक वर्ष ०७६÷७७ मा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । यो अवधिमा ६ हजार २७९ जनाले आत्महत्या गरेका छन् । यो ०७५÷७६ को तुलनामा ४९४ ले बढी थियो । यो वर्ष ३४ सय १९ पुरुष र २९ सय ९८ जना महिलाले आत्महत्या गरे । यसबाहेक अरु बालबालिका छन् ।

    औसतमा भन्ने हो भने यो वर्ष प्रत्येक दिन १७ जना बढीले आत्महत्या गरेको पाइएको छ । चालु आर्थिक वर्षको दुई महिनाको आत्महत्याको तथ्याङ्क भने झनै डरलाग्दो छ । गत साउनमा ७ सय ९ र भदौमा ६१२ जनाले आत्महत्या गरेका छन् ।

    दुई महिनाको अवधिमा १३ सय २१ जनाले आत्महत्या गरेका छन् भने दैनिक औसतमा २२ जनाले आत्महत्याको बाटो रोजेको देखिन्छ । आत्महत्या गर्नेमा झुन्डिएर गर्नेहरु बढी रहेका छन् । नेपाल विश्वमा बढी आत्महत्या गर्ने देशहरूमा शीर्ष १० भित्र पर्छ ।

    पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्न गरेका कारणहरु पनि रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय