काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा कार्तिक ३ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई कार्तिक ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालमा उपचारकै क्रममा आज बेलुकी करिब ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
सम्बन्धित समाचार
थप