काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दशैँमा पनि पिसिआर परीक्षण गर्ने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दशैँ बिदामा पनि पिसिआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ ।
कोरोनाको महामारी बढिरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दशैँको अवधिमा पनि पिसिआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार दशैँ बिदामा पनि पिसिआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित समाचार
थप