logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको छ : प्रधानमन्त्री

महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको छ : प्रधानमन्त्री


  • शुक्रबार, कार्तिक ७ २०७७

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गर्नु भएको छ ।
    दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उहाँले कोभिड–१९ को काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताउनु भयो ।

    मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने भन्दै उहाँले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर दशैं मनाउनु आग्रह गर्नु भएको छ ।

    महामारी नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको उहाँले बताउनु भयो । जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य रहेको बताउनु भयो । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहेको उहाँले बताउनु भयो ।

    प्रधानमन्त्री ओलीले सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्नु हल्ला मात्र भएको बताउनु भयो । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउने बताउनु भएको छ । सम्बोधनका क्रममा उहाँले दसैंका दिन सार्वजनिक रुपमा टीका नलगाइदिने बताउनु भयो ।
    दसैँको टीकाको दिनमा प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई टीका लगाइदिने चलन छ । तर, यस वर्ष भने कोरोना भाइरसको संक्रमण ध्यानमा राख्दै सो कार्यक्रम नहुने भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय