काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाका जटिल अवस्थाका बिरामीले उपचार गर्नुपरे ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने जनाएको छ यससँगै उनीहरूले उपचारकै लागि दैनिक १५ हजार रुपैयाँ खर्चनुपर्नेछ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पताल प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा शुल्क तोकिएको जनाउनुभएको हो ।
यसअनुसार प्रतिष्ठानमा पीसीआर जाँच शुल्क २२ सय, लक्षण नदेखिएका संक्रमितको उपचार गर्न ७ हजार रुपैयाँ, हल्का लक्षण भएकाले १२ हजार रुपैयाँ, मध्यम लक्षण भएकाले ३५ हजार रुपैयाँ र गम्भीर लक्षण भएकाले ६० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।
यसै गरी लक्षण नभएकाको उपचार शुल्क दैनिक २ हजार, हल्का लक्षण भएकाको ३५ सय, मध्यम लक्षण भएकाको ७ हजार ५ सय र गम्भीर संक्रमितको दैनिक १५ हजार तोकिएको छ ।