logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेपालमा कोरोनामुक्त हुने १ लाख नाघे,थप ३ हजार ६३७ जनामा संक्रमण,२१ जनाको मृत्यु

नेपालमा कोरोनामुक्त हुने १ लाख नाघे,थप ३ हजार ६३७ जनामा संक्रमण,२१ जनाको मृत्यु


  • बिहिबार, कार्तिक ६ २०७७

  • काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा एक लाख २ हजार ८ सय २० जना संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ २ प्रतिशत रहेको छ ।

    यस्तै विगत २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं उपत्यकाका १ हजार ५ सय ५२ जना संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा ११२ जना थपिएका हुन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ ।

    आज देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन । यसैवीच,कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या ८१२ पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय