logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कात्तिक १२ देखि तातोपानी नाका खुलाउने तयारी

कात्तिक १२ देखि तातोपानी नाका खुलाउने तयारी


  • बिहिबार, कार्तिक ६ २०७७

  • सिन्धुपाल्चोक । तातोपानी भन्सार कार्यालयले कात्तिक १२ गतेदेखि नाका खुलाउने तयारी थालेको छ । भन्सारले तयार पारेको ‘आइसोलेट एरिया’ मा सामाग्री झारिने छन् । खासाबाट आएका चिनियाँ कन्टेनरले मितेरीपुल छेउमा रहेको भन्सार यार्डमा सामान झारिदिने भएको हो ।

    कोभिड–१९ महामारीबाट नाकालाई सुरक्षित राख्न चिनियाँ कन्टेनरले सिधै नेपाली भन्सारमा सामाग्री ल्याइदिने भएको छ । भन्सारको पुरानो भवनछेउमा रहेको सानो यार्डमा सामाग्री झार्न लागेको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिनुभयो ।


    केही दिनअघि तातोपानी क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विजया दशमीलगत्तै नाका खुलाउन नेपाल–चीन सहमति भएकोले तयारी थाल्न आग्रह गर्नुभएको थियो ।

    चिनियाँ क्षेत्रमा भने ९ कात्तिकबाटै भन्सारको काम सुरु गर्ने तयारी गरिएको छ । भन्सार क्लियरेन्स एजेन्ट सोनाम पाल्डेनका अनुसार खासा क्षेत्रमा सामान ओल्टीपल्टी गर्ने र कन्टेनरमा लोड गर्ने काम थालिने छ । जाङ्मु प्रशासनको अनुमतिमा चिनियाँ सामग्री सिधै नेपालको पुरानो भन्सार यार्डमा झार्ने भएकोले अब आयात नरोकिने र नाका निरन्तर चल्ने उहाँले बताउनुभयो ।

    भूकम्पपछि ०७६ जेठ १५ देखि खुलेको तातोपानी नाकाबाट आक्कलझुक्कल आयातमात्रै भएको थियो । चार महिनाअघि २४ असारमा बाह्रबिसेको जम्बु गाउँसँगै कोदारी राजमार्ग भोटेकोसीले बगाएपछि नाका बन्द थियो । वर्षात् कम भएपछि १९ असोजबाट खुलेको नाका भोलिपल्टैबाट बन्द भयो । चिनियाँ क्षेत्रमा गएर सामान लोडअनलोड गर्ने सात मजदुरमा कोरोना पजिटिभ देखिएकोले जाङ्मु प्रशासनले एकतर्फी नाका बन्द गरेको थियो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय