ललितपुर । गोदावरी नगरपालीकाले कोभिड–१९ को लक्षण देखिएकालाई निशुल्क कोरोना परीक्षण गर्ने भएको छ । सरकारले पीसीआर नगर्ने बताइरहेका बेला गोदावरीले नगरपालीकाल भने निशुल्क परीक्षण गरिदिने भएको हो ।
आज एक विज्ञप्ती जारी गर्दै नगरपालिकाले निशुल्क परीक्षण गर्ने जानकारी दिएको छ । “विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसवाट हुने जोखिम न्यूनीकरण गर्न नगरबासीको सुरक्षाका लागि हालसम्म गोदावरी नगरपलिकाद्वारा विभिन्न स्वास्थ्यसम्बन्धी कार्य पहलहरु भइरहेको र निरन्तर लागि रहने अवगत गर्दै कात्तिक ६ गतेदेखि गोदावरी नगरपालिकाभित्र कोही नगरबासीलाई कोरोना भाइरसको लक्षणहरु देखिएमा, गोदावरी नगरपालिकाको विपद व्यवस्थापन कोषबाट सो लक्षण देखिएका व्यक्तिहरुलाई आनन्दवन अस्पतालमा स्वाब परीक्षण निःशुल्क गरिने छ ।“ विज्ञप्तीमा भनिएको छ ।
