logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कांग्रेस नेता पुनको कोरोना संक्रमणबाट मृत्यु

कांग्रेस नेता पुनको कोरोना संक्रमणबाट मृत्यु


  • बुधबार, कार्तिक ५ २०७७

  • डोटी । कोरोना भाइरस सङ्क्रमणबाट डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका ४ पूर्वीयाबगर घर भएका ५० वर्षीय पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

    उपचारका लागि कैलाली लगिएका उहाँमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालकै आईसीयूमै राखेर उपचारका थालिएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार निमोनियासहित कोरोना सङ्क्रमित नेता पुनको उपचारकै क्रममा ज्यान गएको हो ।

    पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत हुनुहुन्थ्यो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय