काठमाडौं । नेपाल एयरलाइन्सले आजदेखि काठमाडौं–ताप्लेजुङ व्यावसायिक उडान सुरु गरेको छ । लकडाउनका कारण बन्द भएको काठमाडौं–ताप्लेजुङ उडान आजबाट सुरु भएको हो ।
नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट ११ जना यात्रु भए पनि ८ जनाको पीसीआर नहुँदा ३ जना मात्रै बोकेर ताप्लेजुङ गएको हो । एयरलाइन्सले अब ताप्लेजुङ पीसीआर रिपोर्टविना पनि उडान गर्ने बताएको छ ।
नेपाल एयरलाइन्सले ताप्लेजुङको लागि बुधबार र शनिबार नियमित उडान गर्ने भएको छ । ताप्लेजुङबाट काठमाडौं ६ हजार ७ सय ४० रुपैयाँ र काठमाडौंबाट ताप्लेजुङ ६ हजार ८ सय ४० रुपैयाँ भाडा दर कायम गरिएको छ ।