logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ऐतिहासिक धरोहर रानीपोखरीको भव्य उद्घाटन

ऐतिहासिक धरोहर रानीपोखरीको भव्य उद्घाटन


  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको पुनःनिर्मित रानीपोखरीे उद्घाटन गर्नु भएको छ । विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूका कारण नष्त बनेको रानी पोखरीको पूनःनिर्माण सम्पन्न भएसँगै आज राष्ट्रपति भण्डारीले रानीपोखरीे उद्घाटन गर्नु भएको हो ।

    आजभन्दा करीब तीनसय बर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको यस रानीपोखरीको आफ्नै ऐतिहासिक, साँस्कृतिक र पर्यावरणीय महत्व रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

    राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतविक्षत भएका साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्ने अठोट र प्रण पूरा हुन लागेकाले आफूलाई खुसी लागेको बताउनु भयो । भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने राष्ट्रपति भण्डारीले बताउनु भयो ।

    राष्ट्रपतिबाट रानीपोखरीसँगै दरबाहर हाइस्कुलको समेत उदघाटन भएको छ । राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवन चीन सरकारको सहयोगमा पुरानै शैलीमा निर्माण भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय