धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं १६ का ९० वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आज साँझ मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई गत असोज ३० गते कोरोना पोजेटिभ भएको थियो । उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेका उनलाई यही कात्तिक १ गते अस्पताल भर्ना गरिएको थियो ।
सम्बन्धित समाचार
थप