logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६९.४ प्रतिशत,देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६९.४ प्रतिशत,देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित


  • मंगलबार, कार्तिक ४ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    योसँगै नेपालमा ९६ हजार ६ सय ९ जना संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलभ ४ प्रतिशत रहेको छ । हालसम्म प्रदेश १ मा – ७ हजार ९९३,प्रदेश २ मा – १५ हजार ६४९,बाग्मती प्रदेशमा –४४ हजार २५७,गण्डकी प्रदेशमा –४ हजार ८३३, लुम्बिनी प्रदेशमा –१२ हजार ६७, कर्णाली प्रदेशमा –३ हजार ८९१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ९१९ जना डिस्चार्ज भएका छन् ।

    यस्तै विगत २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं उपत्यकाका १ हजार ७०२ रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१ , ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनालाई कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ । आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन् ।

    यसैवीच पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या ७६५ पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय