logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बालिका दूर्व्यवहारको अभियोगमा यूएईमा एक नेपालीलाई दुई वर्ष जेल

बालिका दूर्व्यवहारको अभियोगमा यूएईमा एक नेपालीलाई दुई वर्ष जेल


  • मंगलबार, कार्तिक ४ २०७७

  • काठमाडौं । संयुक्त अरब एमिरेट्स ९यूएई०को दुबईस्थित फौजदारी अदालतले बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल सजाय सुनाएको छ ।

    सरसफाईको काम गर्ने २३ वर्षीय ती नेपालीले दुवई अन्तर्राष्ट्रिय विमानस्थलमा एक बालिकालाई दूर्व्यवहार गरेको अभियोगमा अदालतले जेल सजाय गरेको हो । श्रीलंकाली बालिकालाई शौचालय गएको मौका छोपी ती नेपालीले बाथरुम बन्द गरेर दूर्व्यवहार गरेको आरोप लागेको थियो ।

    दुबई प्रहरीले सीसीटीभी फुटेजको आधारमा त्यस बखत सरसफाईमा काम गर्ने ४ जनालाई पक्राउ गरेको थियो । प्रहरीले सोधपुछको क्रममा, चार जनामध्ये एक जना दोषी पाईएको र उनलाई जुलाईमा अदालतमा पेश गरिएको थियो । तर, ती नेपालीले उक्त आरोपलाई अस्वीकार गरेका छन् ।

    अदालतले उनलाई दुई वर्ष जेल सजाय समाप्त भएपछि डिपोट गर्ने त्यहाँ प्रकाशन हुने द नेशनल अनलाइनले जनाएको छ । ती नेपाली को हुन् भन्ने बारे भने गोप्यनै रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय