logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लागू गर्न थाले अस्पतालहरूले : कोरोना उपचार खर्च बिरामीलाई तिराउने सरकारको निर्णय

लागू गर्न थाले अस्पतालहरूले : कोरोना उपचार खर्च बिरामीलाई तिराउने सरकारको निर्णय


  • सोमबार, कार्तिक ३ २०७७

  • काठमाडौं । काठमाडौंस्थित सिभिल अस्पतालले एक सूचना जारी गरी संक्रमितहरूले आफैंले उपचार खर्च र खाना खर्च बेहोर्नुपर्ने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले यो नियम आज देखि लागू भएको बताउनुभयो ।

    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने अस्पतालले जनाएको छ ।

    त्यस्तै वीर अस्पतालले पनि यो निर्णय छिट्टै लागू हुने जनाएको छ । सरकारको निर्णयअनुसार छुट्याइएको समूहबाहेक अरुको उपचार नब्यहोर्न अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीका अनुसार सम्भवतः भोलिदेखि यो निर्णय लागू हुने छ ।

    त्यस्तै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने यो निर्णयको लागि स्पष्ट गाइडलाइन तयार भएमात्र भविष्यमा लागू हुनसक्ने बताउनुभयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै लक्षण देखिएको खण्डमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने जानकारी गराएको छ ।  मन्त्रालयका अनुसार जसले कोरोना बीमा गरेका छन् र उनीहरुको उपचार खर्च बीमा रकमबाट काटिने छ ।

    सरकारले हिजो कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय गरे सँगै सरकारी अस्पतालहरुले कोभिड-१९ संक्रमित बिरामीको उपचार खर्च नव्यहोर्ने निर्णय लागू गर्न थालेका हुन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय