logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

१६ लाख भन्दा बढीको सुनसहित एकजना पक्राउ

१६ लाख भन्दा बढीको सुनसहित एकजना पक्राउ


  • सोमबार, कार्तिक ३ २०७७

  • काठमाडौं । जनकपुरधामबाट १६ लाख भन्दा बढीको सुनसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ भ्रमरपुरा चोकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुनसहित एकजनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र शेनले जानकारी दिनुभयो ।

    गोप्य सूचनाको आधारमा बा १० च ३५६८ नम्बरको मारुती भ्यानलाई चेकजाँच गर्दा १६ लाख २३ हजार ८ सय रुपैयाँ मूल्य बराबरको सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सशस्त्र सीमा सुरक्षा बल गण नं. ८ जनकपुरधाम हेडक्वाटरबाट प्रहरी निरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटेको टोलीले गाडीसहित सो सुन बरामद गरेका हो । प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बलवा नगरपालिका वडा नं। ७ का ३४ वर्षीय रामचन्द्र दासलाई समेत पक्राउ गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय