काठमाडौं । पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७९० जना कोरोनामा संक्रमण पुष्टि भएको छ । जस मध्ये काठमाडौंमा २००८ , ललितपुरमा ९९ र भक्तपुरमा २८१ गरी २ हजार ३८८ थपिएका मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ ।
आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन् । यसैवीच,पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७५७ पुगेको छ ।
सम्बन्धित समाचार
थप