काठमाडौं । दशैंको बेलामा तीन दिन कोरोना परीक्षण नगरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक ९, १० र ११ गते महानवमी, विजयादशमी र एकादशीका दिन पीसीआर परीक्षण नगरिने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ९, १० र ११ गते पछि फेरि परीक्षण जारी गरिने बताउनुभयो । अहिले देशभरका प्रयोगशालामा दैनिक पीसीआर परीक्षण गर्ने र स्वास्थ्य मन्त्रालयले त्यसको तथ्यांक जानकारी गराउने गरेको छ ।
सम्बन्धित समाचार
थप