काठमाडौं । नेपाल बायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएको छ । आज निगम र बोर्डबीच नेपालको पर्यटन प्रबद्र्धन सम्बन्धमा सहकार्य गर्ने गरि सम्झौता भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको यो सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
नेपाल वायुसेवा निगमले विगतदेखी नै नेपालमा बिदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबिचको सहकार्यले अझ थप हौसला प्रदान गरेको छ ।