logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

हुम्लामा नेपाली भूमि नमिचेको चीनको दावी

हुम्लामा नेपाली भूमि नमिचेको चीनको दावी


  • शनिबार, कार्तिक १ २०७७

  • काठमाडौं । चीनका सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको बताएका छन् । चिनको सरकारी मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित समाचार अनुसार अधिकारीहरुले हालै निर्माण गरिएका भवनहरु चिनकै भूमि भित्र रहेको बताएका छन् ।

    उक्त भवनहरु चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने बुराङका विदेशी मामिला निर्देशक बकीले बताएका छन् । निर्देशक बकीले मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन निर्माण चिनियाँ भूभागभित्र नै बनोस् भनी विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।

    भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको निर्देशक बकीको दाबी छ । चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय