logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नवरात्रमा मन्दिर खोल्न नदिन सबै स्थानीय प्रशासनलाई गृहको परिपत्र

नवरात्रमा मन्दिर खोल्न नदिन सबै स्थानीय प्रशासनलाई गृहको परिपत्र


  • शुक्रबार, असोज ३० २०७७

  • काठमाडौं । गृह मन्त्रालयले यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ ।

    मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दसैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।

    शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको गृहमन्त्रालयले जनाएको छ ।

    गृहले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले अर्काे निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन दिइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय