काठमाडौं । विगत २४ घण्टामा देशभर ४ हजार ३९२ जना कोरोना सक्रमित थपिएका छन् । जसमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा १ हजार १८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनामा संक्रमण देखिएको छ । योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ । आज देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यसैवीच, पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या ७१५ पुगेको छ ।