काठमाडौं । विगत २४ घण्टामा देशभर १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार जसमध्ये १ हजार ९३५ जना काठमाडौं उपत्यकाका रहेका छन् । योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैवीच पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ ।