logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

स्याङ्जाको जनजीवन पुनः प्रभावित

स्याङ्जाको जनजीवन पुनः प्रभावित


  • बिहिबार, असोज २९ २०७७

  • काठमाडौं । लकडाउन खुलेपछि सामान्य बन्दै गएको स्याङ्जाको जनजीवन पुनः प्रभावित हुन थालेको छ । कोरोना संक्रमण रोकथामको लागि थप चुनौती थपिएको भन्दै भिरकोट नगरपालिकाले र चापाकोट नगरपालिकाले १ हप्ता को लागि बजार नै सिल गर्ने निर्णय गरेको छ ।

    कोभिड–१९ को कारणले भीरकोट नगरपालिका वडा नम्बर २ की एक महिलाको मृत्यु भएको र चापाकोटमा केही दिन भएको आँखा शिविरबाट कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेकोले संक्रमण रोक्न ५ दिनसम्म नगरपालिका बन्द गर्ने निर्णय गरिएको भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउनुभयो ।

    बन्द अवधिभर नगरपालिकाभित्रका अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था र अन्य कार्यलयहरु बन्द रहने नगरपालिकाका प्रमुख खनालको भनाइ छ ।

    साथै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै विदेश वा जिल्लाभन्दा बाहिरबाट स्याङ्जा प्रवेश गर्ने व्यक्तिहरुले ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने बताएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय