काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सभाको बैठक डाकेको छ ।
कार्यविभाजन र पार्टी समायोजनको काम टुङ्ग्याउने विषयमा छलफल गर्न आगामी कात्तिक ३÷४ गतेका लािग कार्यकारिणी सभाको बैठक डाकिएको हो ।
कात्तिक ३÷४ गते बस्ने बैठकले कार्यविभाजन र समायोजनको काम सिध्याउने तयारी रहेको जसपा कार्यकारिणी सभा सदस्य केशव झाले जानकारी दिनुभयो ।
पटक÷पटक बैठक बस्दै सहमति नहुँदा निर्णय हुन नसकेकाले आगामी बैठकमा भने नेताहरूबीच सहमति जुट्ने बताइएको छ ।
सम्बन्धित समाचार
थप