logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भारतीय सेनाध्यक्ष आगामी महिना नेपाल आउने

भारतीय सेनाध्यक्ष आगामी महिना नेपाल आउने


  • बुधबार, असोज २८ २०७७

  • काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे अर्को महीना नेपाल भ्रमणमा आउने भएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले नरावणे नेपाल आउन लागेको आज एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

    नरवाणे कात्तिक महीनाभित्र नेपाल आउने कार्यक्रम तय भएको निर्देशनालयले जनाएको छ । सरकारले गएको २० माघ २०७६ को मन्त्रिपरिषद् बैठकबाटै नरावणेको नेपाल भ्रमणसम्बन्धी निर्णय गरेको थियो । तर, त्यसलगत्तै शुरु भएको कोरोना भाइरस संक्रमणको महामारी र बन्दाबन्दीका कारण भ्रमणपछि सरेको सेनाले उल्लेख गरेको छ ।

    नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी (प्रधानसेनापति)को दर्ज्यानी प्रदान गर्ने कार्यक्रमसमेत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय