logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज विहानै थप ३ जना कोरोना संक्रमितको मृत्यु

आज विहानै थप ३ जना कोरोना संक्रमितको मृत्यु


  • बुधबार, असोज २८ २०७७

  • काठमाडौं । आज विहान थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । उनी मुटु रोगीसमेत रहेको डा. गौतमको भनाई छ ।

    त्यस्तै मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ बाँसबारीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।

    त्यस्तै सुनसरीको धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बस्दै आएका धरान १५ का ६२ वर्षीय पुरूषको आज बिहान मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय