काठमाडौं । नेपालको सबैभन्दा पुरानो वाणिज्य संगठन नेपाल चेम्बर अफ कमर्स ७० औँ वर्षमा प्रवेश गरेको छ । २००७ सालमा चेम्बरको स्थापना भएको हो ।
स्थापनाकालदेखि चेम्बरले नेपाल सरकारलाई औद्योगिक वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीतिनियम तर्जुमा तथा सभा र सल्लाह प्रदान गर्दै आएको जनाएको छ ।
चेम्बर आन्दोलनलाई अभियानका रूपमा विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरण्का लागि विभिन्न गतिविधिहरू प्रोत्साहित पनि गर्दै आएको चेम्बरको भनाइ छ । चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरेको दाबी गरिएको छ ।