काठमाडौं । पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ५ सय ५६ जना कोरोनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्राण भएको पाइएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
विगत २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा२ सय १६ जना संक्रमित भेटिएका छन् ।
योसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । हाल देशभर ३३ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैवीच, पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।