logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सीमा नाका कात्तिक मसान्तसम्म बन्दनै रहने

सीमा नाका कात्तिक मसान्तसम्म बन्दनै रहने


  • मंगलबार, असोज २७ २०७७

  • काठमाडौं । सरकारले भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याउने निर्णय गरेको हो ।

    अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरेर आन्तरिक यातायात र व्यवसाय सञ्चालनलाई भने केही खुकुलो पार्ने निर्णय पनि सरकारले गरेको छ । भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको छ ।

    त्यस्तै भारतबाट आएका व्यक्तिहरूमा पनि कोरोना संक्रमण देखिएकाले कडाइको अवस्था कायमै राखिने निर्णय सरकारले गरेको हो । यस अघि नेपाल र भारतको सीमा भएर हुने आवतजावतमा केही खुकुलो पारिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय