logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको नेता नेपालको भनाई

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको नेता नेपालको भनाई


  • सोमबार, असोज २६ २०७७

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बरिष्ठ नेता माधवकुमार नेपालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण भएको एक बर्ष पुरा भएको अवसरमा नेपाल—चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘अ पिक्टोरियल गाइड’ विमोचन गर्दै उँहाले सो कुरा बताउनुभएको हो ।

    साथै उँहाले यस किसिमको उच्चस्तरीय भ्रमण नियमित हुनुपर्नेमा समेत जोड दिनुभयो । चीनको उच्चस्तरीय नियमित भ्रमणले नेपाल—चीन सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने उँहाको भनाई थियो ।

    कुनैपनि मुलुकबीच दुइपक्षिय स्वार्थ मिलेको खण्डमा मात्रै जनस्तर देखी आर्थिक, सामाजिक तथा राजनैतिक सम्बन्ध थप मजबुत बन्ने भन्दै उँहाले नेपाल—चीनबीच सोही प्रकृतिको सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभएको छ ।

    चीनले ल्याएको बृहत परियोजना बेल्ट एण्ड रोडले दुई देशको व्यापार थप बढ्दै जाने नेता नेपालले बताउनुभएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय