logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बागलुङ नगरपालिकाको सेवा निश्चितकालका लागि बन्द

बागलुङ नगरपालिकाको सेवा निश्चितकालका लागि बन्द


  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । बागलुङको बागलुङ नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजबाट अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ ।

    नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।

    नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुष्टि भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उहाँले बताउनुभयो । बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । ती मध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ ।

    यस्तै दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् । कोरोना सङक्रमण बढ्दै गएकाले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय ५ दिनका लागि बन्द भएका हुन् । त्यस्तै नापी तथा मालपोत कार्यालय पर्सी बुधबारसम्मका लागि बन्द गरिएको छ । देउखुरीमा रहेको जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द भएको जनाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय