काठमाडौं । बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविन गर्नुपर्ने पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले माग गर्नुभएको छ । सरकारले कमिसनखोरहरूको संलग्नतामा परियोजनालाई अलपत्र पारेको आरोप लगाउँदै उँहाले उच्चस्तरीय निष्पक्ष छानविनको माग गर्नुभएको हो ।
एक ट्वीट गर्दै उँहाले सरकारले बदनाम विदेशी कम्पनीलाई बुढीगण्डकी परियोजना जिम्मा लगाएको समेत बताउनुभयो । केही दिन अघि भट्टराईले गोर्खामा आयोजित एक कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपिशर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब बाँडेर खाएको दाबी गर्नुभएको थियो ।
उक्त अरोपको खण्डन गर्दै नेपाल कांग्रेसले प्रमाणित गर्न चुनौति दिएको थियो । त्यसैको प्रतिक्रिया स्वरुप भट्टराईको यो अभिव्यक्ती आएको हो ।