मोरङ । सुनसरीका एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार उनको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि हिजो साँझ नोबेल अस्पतालमा भर्ना गरिएको थियो । मृतक पुरूषमा मृगौला सम्बन्धी पूरानै समस्या पनि रहेको दाहालले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
थप